NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

सशस्त्र प्रहरीको उदारणीय कामः आफ्नै प्रशोधन केन्द्र, पानी खरिद नगर्ने

काठमाडौं । कर्मचारीलाई स्वच्छ पानी पिलाउन र खर्च घटाउन सशस्त्र प्रहरी बलले उदारणीय कामको सुरुवात गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालभित्रै पानी प्रशोधन तथा वितरण स्थलको सञ्चालनमा ल्याइएको छ ।

यसअघि प्लाष्टिकका बोतल तथा जारमा पानी खरिद हुँदै आएको थियो । अब त्यो बन्द हुने भएको छ । पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रशोसन केन्द्रको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका छन् ।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच हुने जनाइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए/नभएको भनि त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्था मिलाईएको छ ।

मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । प्रशोधन केन्द्रको स्थापना भएसँगै सशस्त्र प्रहरीले मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगर्ने भएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने नीति लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष