NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २६ गते

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक भाइटीका लगाएका हुन् ।

टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल तथा उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार र दक्षिणा दिएका छन् ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष