फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

मनिला । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् ।
राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए ।
यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए । राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो ।
‘आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण गनैंछौं’ उनले भने ।
कृषिमन्त्रीसमेत रहेका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताए । एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन । फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो ।
गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया