बाँकेमा धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेसले बाँकेमा सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सदभावका लागि अपिल गरेको छ ।
सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।
देउवाले संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह गरेका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया