बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।
आज बिहीबार बिहान बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।
मङ्गलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया