सरकारले अनुदान नदिएपछि कम्पनीले रोके कृषि बीमा भुक्तानी
काठमाडौं । राज्यको नीतिअनुसार सरकारले दिनुपर्ने बीमा शुल्कबापतको अनुदान रकम नपाएपछि बीमा कम्पनीले कृषि बीमा गर्न र दाबी भुक्तानी रोकेका छन् ।
कम्पनीले कृषि बीमा र दाबी भुक्तानी रौक्दा एकातिर किसानले पशुपन्छी तथा कृषि उपजको बीमा गर्न पाएका छैनन् भने अकोृतिर दाबी भुक्तानी पाउनबाट वञ्चित भएका छन् ।
पटक–पटक ताकेता गर्दा पनि सरकारबाट रकम नपाएपछि आफूहरूले दाबी भुक्तानी रोकेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
नियामक निकाय र सरकारबाट सकारात्मक प्रतिक्रियासमेत नआएपछि नयाँ कृषि बीमा गर्न र परेका दाबी भुक्तानी गर्न नसकिएको ती अधिकारीको भनाइ छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म सरकारले पशुपन्छी बीमा र कृषि बीमाअन्तर्गत १ अर्ब ७७ करोड ८९ लाख रूपैयाँ बीमा शुल्कबापतको अनुदान रकम भुक्तानी दिन बाँकी छ । यसअनुसार पशुपन्छीतर्फ सरकारले माछा बीमालगायतको बीमा शुल्क अनुदान आर्थिक वर्ष ०७७–७८ वैशाखदेखि असारसम्मको आव ०७८÷७९ को कात्तिकदेखि असारसम्मको भुक्तानी दिनत बाँकी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया