‘रिगल’ विरुद्ध भारतीले दायर गरेको रिटको पेशी न्यायाधीश शर्माको इजलासमा
काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
नेपालगन्जमा रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते दायर गरेको रिटको बिहीबार सुनुवाइ हुने गरी न्यायाधीश शर्माको इजलासमा पेशी तोकिएको हो ।
सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो । चेतनको २०७२ सालमा खुँडा हानी हत्या भएको थियो ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।
उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग रेकी छन् ।
उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया