ओली भन्छन्: माओवादीमा छोरीज्वाइँ र भाइभतिजा मात्रै सप्रेका छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले नराम्रा बाहेक अन्य कुनै काम नगरेको आरोप लगाएका छन् ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा मात्रै सप्रेको र नेता कार्यकर्ता पीडित भएर तड्पिएको टिप्पणी गरे ।
त्यसक्रममा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँग पिडा पोख्ने गरेको सुनाए । ओलीले कांग्रेस पुरानो भएकोसमेत टिप्पणी गर्दै माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।
‘कांग्रेस र हामी सँगसँगैको पार्टी हौं । तर, कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने,’ ओलीले भने, ‘८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् ।’
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया