नेपाल वायुसेवा निगमका दुई व्यवस्थापकमाथि कारबाही
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ ।
विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौंबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि बिहीबार काठमाडौं फर्काइएको थियो ।
‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया