नेपाल वायुसेवा निगमका दुई व्यवस्थापकमाथि कारबाही
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ ।
विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौंबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि बिहीबार काठमाडौं फर्काइएको थियो ।
‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।
ताजा अपडेट
-
‘साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका छौं’
-
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय किन कार्यान्वयन भएन ?
-
प्रभावकारी लेखा सुपरीवेक्षण समिति : सहकारी जोगाउने सञ्जीवनी
-
स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
-
पुन: दुई हजारले बढ्यो सुन
प्रतिक्रिया