३१ वर्ष जेल र १५४ पटक कोर्रा हान्ने आदेश भएकी अधिकारकर्मीलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी ५१ वर्षीया इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ ।
इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबल पुरस्कार समितिले जनाएको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।
मृत्युदण्डविरुद्ध अभियान चलाएकी उनलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठह¥याइएकी उनलाई ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया