बझाङ भूकम्पः घर पूर्णरुपमा क्षति भएकालाई ५० हजार, तत्काल राहत खर्च १५ देखि २० हजार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पाका कारण क्षति भएका संरचनाको पुनःनिर्मिाण यथाशीघ्र अघि बढाउने बताएका छन् ।
आज भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाको पुनःर्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका हुन् ।
दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताउँदै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि बताए।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको पनि दाहालले बताए। थप सामग्री आवश्यक परे तीनै तहका सरकारको समन्वयमा मिलाइने उनले बताए।
सम्बोधनका क्रममा उनले भूकम्पमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए। भूकम्पले निम्त्याएको पहिरोमा मृतकप्रति श्रद्धाञ्जली दिँदै उनले मृतक परिवारलाई तत्काल २ लाख सहयोग दिने पनि बताए।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया