फोर्स मोटर्स र रिलायन्स फाइनान्सबीच कर्जा उपलब्ध गराउने सम्झौता
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ ।
आयाम इन्टरकन्टिनेटल प्रा.लि का तर्फबाट कम्पनीका अध्यक्ष डा.ध्रुर्व थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साे सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । फोर्स मोटर्सको नेपालका २२ वटा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।
साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक समेत गरेको छ । कम्पनीले बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका अफरहरू सार्वजनिक गरेको हाे।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया