NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

राष्ट्रपति भवन अगाडिबाट ११ जना पक्राउ

काठमाडौं । राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने केहि अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका हुन् ।

उनिहरुले राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा विरोध प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी रहेका छन् ।

यस्तै अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनी पनि पक्राउ परेको छन् । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष