बागमती किनारमा मृत भेटिए युवक
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव फेला परेको छ ।
मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिरिन्जसहित उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया