राप्रपाले बोलायो पदाधिकारी बैठक, कोशी सरकार गठनमा के गर्ला ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी पदाधिकारी र्बैठक बोलाएको छ ।
कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल र रणनीति तय गर्नका लागि बैठक बोलाइएको हो । बैठक अध्यक्ष राजेन्द्र लिङदेनले शुक्रबार बिहान आठ बजेका लागि वैठक डाकेका हुन् ।
कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ ।
कोशीमा सरकार गठनका लागि गठबन्धनसँग एक मत अपुग छ । यस्तो अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।
प्रदेशसभामा ६ सीट रहेको राप्रपा अहिले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्ने सम्भावनाको खोजी गरिरहेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि दावी पेश गर्न दिएको समय शुक्रबार सकिँदैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया