इजरायलबाट आज विद्यार्थी ल्याइँदै, बाँकीको उद्धार अर्को चरणमा
काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई आज स्वदेश ल्याइने भएको छ । हमासको आक्रमणपछि इजरायलबाट स्वदेश फर्कंन चाहेका विद्यार्थीलाई सरकारले आज उद्धार गर्न लागेको हो ।
इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा त्यहाँ रहेका २५४ नेपाली विद्यार्थीको उद्धार गर्न लागिएको जनाएको छ । इजरायलबाट स्वदेश फर्कंन चाहने नेपालीको संख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थीको उद्धार गर्न लागिएको हो ।
नेपाली विद्यार्थीको उद्धारका लागि बिहीबार बिहान २ः३० बजे परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली इजरायल पठाउने निर्णय गरेको थियो ।
उनीहरूलाई लिएर बिहीबार नै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तयारी छ ।
इजरायलबाट स्वदेश फर्कंन चाहेका अन्य नेपालीलाई भने अर्को चरणमा ल्याइने भएको छ । हमासको आक्रमणमा मारिएका १० विद्यार्थीको शव पनि अर्को चरणमा ल्याउने तयारी छ ।
गत साता हमासले इजरायलमा हठात आक्रमण गरेर जनधनको क्षति गराएको थियो । आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपालीको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया