इजरायलबाट आज विद्यार्थी ल्याइँदै, बाँकीको उद्धार अर्को चरणमा

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई आज स्वदेश ल्याइने भएको छ । हमासको आक्रमणपछि इजरायलबाट स्वदेश फर्कंन चाहेका विद्यार्थीलाई सरकारले आज उद्धार गर्न लागेको हो ।
इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा त्यहाँ रहेका २५४ नेपाली विद्यार्थीको उद्धार गर्न लागिएको जनाएको छ । इजरायलबाट स्वदेश फर्कंन चाहने नेपालीको संख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थीको उद्धार गर्न लागिएको हो ।
नेपाली विद्यार्थीको उद्धारका लागि बिहीबार बिहान २ः३० बजे परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली इजरायल पठाउने निर्णय गरेको थियो ।
उनीहरूलाई लिएर बिहीबार नै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तयारी छ ।
इजरायलबाट स्वदेश फर्कंन चाहेका अन्य नेपालीलाई भने अर्को चरणमा ल्याइने भएको छ । हमासको आक्रमणमा मारिएका १० विद्यार्थीको शव पनि अर्को चरणमा ल्याउने तयारी छ ।
गत साता हमासले इजरायलमा हठात आक्रमण गरेर जनधनको क्षति गराएको थियो । आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपालीको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया