लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
आज बिहान रुम्झाटारबाट लोबुचेका लागि सवा ७ बजे उडेको ९एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हेलिकप्टरमा पाइलटमात्रै रहेको र पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले बताए । दुर्घटनाबाट घाइते भएका सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ ।
प्रतिक्रिया