प्रधानमन्त्री देउवाले भेटे भारतका विदेशमन्त्री, को–को छन् भेट्ने सूचीमा ?
काठमाडौं । तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच आज नयाँ दिल्लीको होटल आइटिसी मौर्यमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाको यो दिल्ली पुगेपछि पहिलो भेटवार्ता हो ।
यस्तै, देउवा आजै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम पनि छ ।
भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।
शनिबार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गनेछन् । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवालाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भटले स्वागत गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया