एमालेलाई लक्षित गर्दै नेपालले भने- ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कसैले पनि बर्तमान सरकार ढाल्न नसक्ने दाबी गरेका छन् ।
सर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै नेता नेपालले कोशीको देखिएको समस्यालाई लिएर बर्तमान सरकारमाथि आशंका उत्पन्न भएको भएपनि सरकार ढाल्ने हिम्मत कसैमा नभएको दाबी गरे ।
त्यसक्रममा उनले भने, ‘कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’
उनले आफूलाई ठूला भन्ने दलहरुलाई पनि देखाइदिएको बताए । ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया