एमालेलाई लक्षित गर्दै नेपालले भने- ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कसैले पनि बर्तमान सरकार ढाल्न नसक्ने दाबी गरेका छन् ।
सर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै नेता नेपालले कोशीको देखिएको समस्यालाई लिएर बर्तमान सरकारमाथि आशंका उत्पन्न भएको भएपनि सरकार ढाल्ने हिम्मत कसैमा नभएको दाबी गरे ।
त्यसक्रममा उनले भने, ‘कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’
उनले आफूलाई ठूला भन्ने दलहरुलाई पनि देखाइदिएको बताए । ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया