इजरायलमा मारिएका मध्ये पाँच नेपालीको शव प्राप्त, के छ घाइतेको अवस्था ?
काठमाडौं । गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।
इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आज प्राप्त भएको हो ।
सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।
आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका (एकजना नेपाल पुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका) छन् भने दुईजना अस्पतालमा उपचाररत छन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया