नापी कार्यालयका सर्वेक्षक र विचौलिया घुससहित अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई रंगेहात पक्राउ गरेको छ ।
आयोगको टोलीले उनीहरूलाई दुवैलाई कुल एक लाख २५ हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।
जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अनुसन्धानमा खटिएको आयोगले ठाकुरबाट ७० हजार र यादवबाट ५५ हजार रुपैयाँको चेकसहित घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया