इरानमाथि अमेरिकाले किन लगायो नयाँ प्रतिबन्ध ?
एजेन्सी । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्वीटमार्फत यसको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न अमेरिकाले आज नयाँ प्रतिबन्ध लगाएको छ ।’
इरानमाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध बुधबार फुकुवा भएको थियो । यसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो । इरानका कम्पनीहरुलाई यस्ता संवेदनशील प्रविधि नबेच्न चेतावनी दिइएको छ ।
इजरायल र हमासबीच द्धन्द्ध जारी रहेको बेलामा अमेरिकाले यो प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी अधिकारीहरुले इजरायलमा हमासले आक्रमण गर्नुमा इरानको भूमिका रहेको प्रमाण नभेटिएपनि इरानले हमासलाई लामो समयदेखि साहायता उपलब्ध गराउँदै आएको बताउँछन ।
संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको अन्त्य भएपछि इरानलाई मिसाइल बनाउन तथा मिसाइल र ड्रोन प्रविधि निर्यात गर्न सहज हुनेबारे अमेरिका र उसका सहयोगीहरुलाई डर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया