एनआरएनए अध्यक्षमा बद्री केसी विजयी, धाँधली गरिएको भन्दै प्रतिद्वन्द्वीद्वारा परिणाम अस्वीकार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनबाट केसी अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिले केसी निर्वाचित भएको घोषणा गरे पनि उनको प्रतिद्वन्द्वी समूहले धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको छ ।
निर्वाचन समितिले १३७८ मतका साथ डा. केसी अध्यक्षमा निर्वाचित भएको जनाएको छ । उनीसँगै प्रतिस्पर्धामा उत्रिएका आरके शर्मा १२८१ र महेश श्रेष्ठले १२२५ मतमा रोकिए ।
एनआरएनएको नेतृत्व हत्याउन सफल डा. केसी एमाले समर्थित हुन् ।
यसैबीच, पराजित उम्मेदवारहरूले डा. केसी समूहले सिस्टम ह्याक गरेको आरोप लगाउँदै परिणाम अस्वीकार गरेका छन् । अहिले पराजितहरूको समूहले परिणाम नमान्ने बताउँदै नाराबाजी गरिरहेका छन् ।नाराबाजीपछि एनआरएनएको महाधिवेशनस्थल तनावग्रस्त बनेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया