इजरायलमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो
काठमाडौं । इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ ।
इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।
कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।
गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया