युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । नेपाललाई युएईले १६५ रनको लक्ष्य दिएको छ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत सोमबार भएको खेलमा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको हो।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ सम्हालेको यूएईले ७ विकेट गुमाएर १६४ रन जोडेको हो ।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ रन जोडे । आसिफ खानले १८, खालिद शाहले १२, अलिशान शराफु र अल नासिरले ८÷८ तथा मोहम्मद वासिमले ८ रन जोडे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट तथा करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
प्रतिक्रिया