चर्चित टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको निधन, बाथटबमा शव फेला
काठमाडौं । चर्चित अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ ।
उनको ५४ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चार माध्यामले जनाएका छन् । पेरीको शव लस एन्जलसस्थित उनको घरमा भेटिएको प्रहरीले मिडियालाई जानकबारी गराएको छ ।
म्याथ्यु पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम ‘फ्रेन्ड्स’मा चन्डलर बिङको चर्चित पात्र निभाएका थिए । न्यूयोर्क शहरमा बस्ने छ जना युवा साथीहरूको जीवनमा आधारित यो टिभी कार्यक्रम सन् १९९४ देखि २००४ सम्म प्रसारण भएको थियो ।
२००० को दशकमा यसको अन्तिम एपिसोड २५.५ करोड मानिसहरूले हेरेका थिए । यो दशकमा सबैभन्दा धेरै हेरिएको टिभी कार्यक्रम रहेको थियो । लस एन्जलस टाइम्स र टीएमजीलेका अनुसार म्याथ्यूको शव बाथटबमा फेला परेको थियो।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया