असोजमा स्मार्टफोन आयात दोब्बरले बढ्यो, यस्तो छ तथ्यांक
काठमाडौं । चालु आव (२०८०/०८१) को असोजमा स्मार्टफोन आयात दोब्बरले बढेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा स्मार्टफोनको माग बढ्ने हुँदा स्मार्टफोनको आयात बढेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिना (साउनदेखि असोज) सम्ममा ९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको ६ लाख ४२ हजार ४१५ पिस स्मार्टफोन आयात भएको हो । उक्त मूल्य बराबरको स्मार्टफोन नेपाल भित्रिदा एक अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँको राजश्व संकलन भएको छ ।
विभागका अनुसार असोज महिनामा मात्रै नेपालमा ४ अर्ब ६ करोड ६६ लाख ९२ हजार रुपैयाँको स्मार्टफोन भित्रिएको विभागको तथ्यांक छ ।
चालु आवको तीन महिनामा आयात भएको स्मार्टफोन गत आर्थिक वर्षको सोही अवधिमा आयात भएकोभन्दा बढीसमेत देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँको स्मार्टफोन आयात भएको थियो । जसमार्फत सरकारले एक अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
स्मार्टफोन आयात तथ्यांक :
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन



प्रतिक्रिया