सेबोनले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानी योग्य रकमलाई बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सेबोनले बुधबार एक सूचना जारी गरी बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्नेबारे जनाएको हो ।
सूचनाअनुसार सेबोनले बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने जनाएको छ ।
आफूले दिन सक्ने एक वर्षे ब्याजदरसहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले सूचना प्रकाशित भएको ५ दिन अर्थात् कात्तिक १९ गते कार्यालय समयभन्दा एक घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित सिलावन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४:१५ बजे ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा खोलिने सेवोनले सूचनामा उल्लेख गरेको छ । बोर्डको लगानीसम्बन्धी नीति तथा सिलाबन्दी फारम बोर्डको वबसाइट मा राखिएको सेबोनले जनाएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन



प्रतिक्रिया