सेबोनले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानी योग्य रकमलाई बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सेबोनले बुधबार एक सूचना जारी गरी बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्नेबारे जनाएको हो ।
सूचनाअनुसार सेबोनले बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने जनाएको छ ।
आफूले दिन सक्ने एक वर्षे ब्याजदरसहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले सूचना प्रकाशित भएको ५ दिन अर्थात् कात्तिक १९ गते कार्यालय समयभन्दा एक घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित सिलावन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४:१५ बजे ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा खोलिने सेवोनले सूचनामा उल्लेख गरेको छ । बोर्डको लगानीसम्बन्धी नीति तथा सिलाबन्दी फारम बोर्डको वबसाइट मा राखिएको सेबोनले जनाएको छ ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया