फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गर्न सरकारलाई एमालेको चुनौती
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने भन्दै चुनौती दिए ।
जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरे ।
उनले भने, ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’
उनले संसदले गर्ने निर्णय मान्न सरकार तयार हुनुपर्ने बताउँदै हिंसा सुरू भएको दिनलाई युद्ध दिवस मनाउने निर्णयबाट सरकार पछि हट्नुपर्ने धारणा राखे ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया