सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : सचेतक लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।’
उहाँले संसद्को मूल काम कानुन निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गर्ने हो भने ।
उनले भने, ‘संसद्मार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको छ ।’
संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसद्को पक्षमा रहेको उनको भनाइ थियो ।‘संसद्का काम कारबाही जीवन्त रुपमा काम गर्नुपर्छ । संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ,’ प्रमुख सचेतक लेखकले भने, ‘लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ । त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।’
संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको जनाउँदै उनले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई पनि छैन भने । यो संविधान मुलुकमा ठूलो राजनीतिक अभियान, राजनीतिक यात्राबाट प्राप्त भएको उल्लेख गर्दै उनले संविधानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
‘सर्मथन र विरोध लोकतन्त्रको गहना हो । संसद्मा आलोचना र विरोध हुन्छ’ उनले भने । प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गरे ।
उनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले सदनका उठेका सबै विषयमा सरकारको यथेष्ट ध्यान जान जरुरी रहेको उल्लेख गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया