एनआइसी एशिया बैंकको नाफा ४२ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज) मा एनआइसी एशिया बैंकको नाफामा कमी देखिएको छ ।
बैंकको नाफा तीन महिनाको अवधिमा ४२.४८ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
नाफासँगै बैंकको खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । त्यस्तै सञ्चालन नाफा सञ्चालन नाफा ३८.९४ प्रतिशतले घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमासिकसम्ममा बैंकले ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया