माधव नेपालसहित १४ सांसद विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १४ सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दैछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोगलाई विपक्षी बनाइ गत भदौमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
एमाले विभाजन हुनुपूर्व आफ्ना १४ सांसदलाई कारवाही गरेपनि सभामुख सापकोटाले बदनियतपूर्ण रूपमा कारवाहीको सूचना नटाँसेको आरोप लगाएका थिए ।
उनले दायर गरेको रिटमा यसअघि अन्तरिम अन्तरिम आदेश माग गरेपनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले अन्तरिम आदेश दिएको थिएन । एमालेले आफ्ना १४ सांसदलाई कारवाही गर्न माग राख्दै भदौ २३ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया