बंगलादेशसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो श्रीलंका

काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपबाट श्रीलंका बाहिरिएको छ । सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना समाप्त भएको हो ।
बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको हो । सुरुमा ब्याटीङ गरेको श्रीलंकाले दुई सय ८० रनको लक्ष्य दिएको थियो । बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो ।
खेल जितेको बंगलादेश यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । दुवै देशले समान ८ खेलमा दुई मात्र जित निकालेका छन् ।
मंगलबार विश्वकपमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । अफगानिस्तानलाई जितेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यसअघि उसले पाँच खेल जितिसकेको छ । सात खेलमा चार खेल जितेको अफगानिस्तान पनि सेमिफाइनल प्रतिस्पर्धामा छ ।
राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त
उता, विश्वकपमा भारतसँगको सर्मनाक हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंगेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन्।
व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ। श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ।
कोलम्बोमा मन्त्री रणसिंगेले भने, ‘पूर्वकप्तान रणतुंगा क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीनजना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए।
रणतुंगाले क्रिकेट पुनर्निर्माणको चुनौती स्वीकार गरेको बताए। ‘श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ उनले भने।
बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो। गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको हारपछि मन्त्री रणसिंगेले सार्वजनिक रूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया