भूकम्पले भेरी नगरपालिकामा १४ विद्यालय भत्किए

जाजरकोट । भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।
४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चार वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटि ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी, तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया