भूकम्पले भेरी नगरपालिकामा १४ विद्यालय भत्किए
जाजरकोट । भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।
४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चार वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटि ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी, तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया