प्रधानमन्त्री देउवाले गरे वाराणसीमा वृद्धाश्रम शिलान्यास

काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा शिलान्यास गरेका हुन् ।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज त्यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
प्रधानमन्त्री देउवा आजै अपराह्न नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् । साँझ नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया