नक्कली भुटानी शरणार्थीको मुद्दामा अर्काे पेशी तोक्ने आदेश
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने पैसा असुली र कीर्तेको अपराधमा पक्राउ परेकाहरूले उच्च अदालतमा दिएको निवेदनमा अर्काे पेशी तोक्ने आदेश भएको छ ।
बिहीबार मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले सो आदेश दिएको हो ।
थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका छन् ।
पूर्वमन्त्रीद्वय बालकृण खाण, टोपबहदुर रायमाझीका साथै पूर्वगृसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरु जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । यो मुद्दामा पक्राउ परेकामध्ये केशब तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । ३० जनालाई प्रतिवादी बनाइएकोमा अन्य ११ जना अझै फरार छन् ।
थुनामा रहेकाहरु आफु अनुकल इजलासमा पारेर आदेश गराउन चलखेल गरिरहेको पीडितहरुको आशंका छ । प्रहरीले पनि दोस्रो चरणको अनुसन्धानमा चासो दिएको छैन ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया