राहत वितरणको प्राथमिकतामा गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक : प्रधानमन्त्री

बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् ।
रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए ।
“राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ”, प्रधानमन्त्रीले दाहालले भने, “राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।”
सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया