भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ पुग्यो
रुकुम पश्चिम । यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।
जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए ।
मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवसी हुन् । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी सख्त घाइते भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया