नगरपालिका प्रमुखमा साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई पदमुक्त गर्न नेकपा ९एमाले०ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ ।
एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतःरिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार ग¥यो । आयोगले गत असोज २९ साह पदमुक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयविरूद्द साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया