मंसिर ८ गतेदेखि आईपीओ जारी गर्दै मुक्तिनाथ कृषि कम्पनी

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यही मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी चुक्तापुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रूपैयाँ बराबरको प्रतिसेयर सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरमध्येको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारी, ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको लागि छुट्याएको कम्पनीले जनाएको छ ।
बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
ताजा अपडेट
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
प्रतिक्रिया