मंसिर ८ गतेदेखि आईपीओ जारी गर्दै मुक्तिनाथ कृषि कम्पनी
काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यही मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी चुक्तापुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रूपैयाँ बराबरको प्रतिसेयर सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरमध्येको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारी, ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको लागि छुट्याएको कम्पनीले जनाएको छ ।
बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया