नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.२२ अंकले घटेर १८२९.६५ विन्दुमा पुगेर बन्द भएको छ ।
आज दुई सय ८५ कम्पनीको ३७ हजार ६०७ पटक कारोबारमा ३६ लाख ७५ हजार १०१ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रूपैयाँको कारोबार भएको छ ।
आज म्युचल फण्डबाहेकका उपसूचक घटेका छन् । म्युचल फण्ड ०.४२ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.५३, विकास बैंक ०.८८, वित्त १.५७, होटल तथा पर्यटन २.६२, जलविद्युत १.३९, लगानी ०.६३, जीवन बीमा १.२२, उत्पादन ३.१२, माइक्रोफाइनान्स २.८९, नीर्जीवन १.३९, अन्य १.७५ र व्यापार १.१२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मेन्छ्योम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.१३ प्रतिशतले कमाएका छन् भने
माथिल्लो मइलुङखोलाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ७ करोड ७८ लाख २९ हजार २३८ रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया