नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.२२ अंकले घटेर १८२९.६५ विन्दुमा पुगेर बन्द भएको छ ।
आज दुई सय ८५ कम्पनीको ३७ हजार ६०७ पटक कारोबारमा ३६ लाख ७५ हजार १०१ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रूपैयाँको कारोबार भएको छ ।
आज म्युचल फण्डबाहेकका उपसूचक घटेका छन् । म्युचल फण्ड ०.४२ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.५३, विकास बैंक ०.८८, वित्त १.५७, होटल तथा पर्यटन २.६२, जलविद्युत १.३९, लगानी ०.६३, जीवन बीमा १.२२, उत्पादन ३.१२, माइक्रोफाइनान्स २.८९, नीर्जीवन १.३९, अन्य १.७५ र व्यापार १.१२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मेन्छ्योम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.१३ प्रतिशतले कमाएका छन् भने
माथिल्लो मइलुङखोलाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ७ करोड ७८ लाख २९ हजार २३८ रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया