भारतमा फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ । गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ ।
सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ । डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ ।
पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ ।
मार्च २२ देखि यता भारतमा अहिलेसम्म १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थमा कर : जनतालाई ‘महँगी पुरस्कार’, निगमलाई घाटा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया