जीवित श्रीमानको मृत्यु दर्ता बनाएर एकल महिला भत्ता !

काठमाडौं । श्रीमान जीवित हुँदै मृत्यु दर्ताको प्रमाणपत्र बनाएर एकल महिला भत्ता खुवाएको आरोपमा रामेछाप, मन्थली नगरपालिका वडा नं ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसहित दुईजना विरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खत्रीले आफ्नो जीवित श्रीमानको मृत्यु दर्ता गराई एकल महिला भत्ता लिएको आयोगले जनाएको छ ।
सचिव महतोले बद्नियतपूर्वक सूचनाको आधिकारिकताबारे छानबिन नै नगरी एकल महिला परिचयपत्र बनाउन लिखत तयार पारिदिएका हुन् । आयोगका अनुसार सचिव महतोले बनाइदिएको लिखतकै आधारमा खत्रीले ४५ हजार २२० रुपैयाँ लिएकी छिन् ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको ४५ हजार दुई सय बीस रुपैयाँ बिगोसहित, कैद सजायको मागदाबीसहति आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया