आम जनता पार्टीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया