हमासले गर्यो थप १७ को रिहा, विपीन परेनन्
काठमाडौं । प्यालेस्टिनी चरमपन्थी हमासले आफ्नो नियन्त्रणमा रहेका थप १७ जनालाई मुक्त गरिदिएको छ ।
हमास र इजरायलबीच केही दिनअघि चार दिन अस्थायी युद्धविराम गर्ने सहमति बनेको थियो । त्यही सहमतिअनुसार हमासले १७ जनालाई छाडिदिएको हो । यसअघि पनि दुवै पक्षले आफूले बन्धक पारेकालाई छाडेका थिए ।
बिबिसी समाचारका अनुसार, हमासले आफ्नो कब्जाबाट छाडिदिएकामा १३ इजरायली र ४ थाई नागरिक छन् । त्यस्तै, इजरायलले पनि ३९ प्यालेस्टिनीलाई छाडिदिएको छ । जसमा ६ महिला र बाँकी १८ वर्ष उमेरमुनिका छन् ।
मुक्त भएकालाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आइसिआरसी) लाई जिम्मा लगाइएको छ ।
गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी १० नेपालीसहित १ हजार २०० जनाको ज्यान लिएको हमासले २४० जनालाई बन्धक बनाएको थियो । जसमा नेपालका विपीन जोशीसमेत छन् । तर उनलाई भने हमासले अहिलेसम्म नियन्त्रणमुक्त गरेको छैन । सरकारले उक्त युद्धमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको कतारसँग विपीनको रिहाइका लागि आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया