सशस्त्रको असईको अन्तिम नतिजा सार्वजनिक, को–को भए सफल ?
काठमाडौं । सशस्त्र प्रहरी बलको सहायक प्रहरी निरीक्षक (असई)को अन्तिम नतिजा सार्वजनिक भएको छ । लिखित परीक्षाबाट छनोट भएकाको केही दिनअघि अन्तर्वार्ता लिइएकोमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
लिखित परीक्षाको प्राप्तांक, शैक्षिक योग्यताबापतको अंक र अन्तर्वार्ता परीक्षाको प्राप्तांकको कुल अंकका आधारमा असई छनोट गरेको सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, खुलातर्फ ७७ जना सफल भएका छन् । महिलातर्फ १३, आदिवासी जनजातितर्फ २०, मधेसीतर्फ १४, दलिततर्फ ९, पिछडिएको क्षेत्रबाट ३ र अमर अबक्त सशस्त्र प्रहरी सन्नतिबाट १ जना सिफारिस भएका छन् ।
छनोट भएकालाई चैत २४ गते नागरिकतालगायत कागजातसहित सम्पर्क गर्न भनिएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया