लागुऔषधसहित दुईजना पक्राउ
काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ ।
झापाको बुधबारे गाउँपालिका-५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो ।
भद्रपुरबाट काठमाडौँ आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
इलामको माई नगरपालिका-३ चियाकमानबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया