बालेनको एक्सनः काठमाडौंमा सुर्ती–चुरोट बेच्नै प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरभित्र आगामी २७ मंसिरदेखि सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रुपैयाँ निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाइएको छ। मेयर बालेन शाहको अग्रसरतामा भएको यो निर्णय कार्यान्वायन भने चुनौतीपूर्ण हुने देखिन्छ ।
महानगरको सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने बताइएको छ। यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय हुने भएको छ ।
काठमाडौं महानगर स्वस्थ्य शहर निर्माणको अभियानमा रहेकोले जनस्वास्थ्य र वातावरणमा हानी पु¥याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया